झापा , चैत । गएको फागुनमा देशभर महिला तथा बालिकामाथि यौनजन्य हिंसाको १२७ घटना घटेको एक अध्ययनमा देखिएको छ ।

त्यसमध्ये २७ वटा बलात्कारको घटना छ । जसमा तीनजनाको बलात्कारपछि हत्या गरिएको थियो । महिला पुर्नस्थापना केन्द्र (ओरेक)ले गरेको अध्ययनले यस्तो देखाएको हो । अध्ययनानुसार महिला तथा बालिकामा हुने हिंसा २१ प्रतिशत छ । यस्तै, सबैभन्दा बढी ५६ प्रतिशत १६ वर्षभन्दा कम उमेर समूहका बालिका तथा किशोरीहरू बलात्कृत भएका छन् । १७ देखि २५ वर्ष उमेर समूहका महिलाको यो संख्या २६ प्रतिशत छन् । महिला तथा बालिकामा बढिरहेको हिंसालाई अन्त्य गर्न कानुन कडा बनाउनुका साथै भएका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्