हल्दीवारी , चैत २२ । नेपाली कांग्रेसका तर्फबाट झापाको हल्दीवारी २ मा कृष्णप्रसाद प्रसाई वडाध्यक्षको उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेसको २ नं वडा समितिले महाधिवेशन प्रतिनिधि प्रसाईलाई सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रसाई गाउँपालिका अध्यक्षका दावेदार रहेका थिए ।

त्यस्तै वडा सदस्यमा मोहन राजवंशी , जीवन लामा र मीना विश्वकर्माको टुंगो लागेको प्रसाईले बताए ।त्यस्तै गाउँपालिका अध्यक्षको उम्मेदवारमा तुलसी ओली सर्वसम्मत हुन लागेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्