कुमरखोद, चैत्र २३ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा झापा गाउँपालिका वडा नं. ३ मा नेपाली काँग्रेसबाट निर्वाचित वर्तमान अध्यक्ष मोतीलाल गणेशले पुनः आफूले वडा अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गणेश २०४६ सालमा पार्टी प्रवेश गरी सकृय कार्यकर्ता रुपमा खटिदै आएका छन् । गणेश २०४८ देखि २०७४ सालसम्म साविक टाँघनडुब्बा गाविसको तीन कार्यकालको सभापति सम्हालेका थिए । पछि २०७४ देखि २०७८ सालको १४औं महाअधिवेशनसम्म झापा गाउँपालिकाको गाउँ सभापति भएका थिए । आफूले पार्टी र जनताका लागि ईमान्दारपुर्वक राम्रो काम गरेकोले पुनः पार्टीले वडा अध्यक्षको उम्मेदवारको टिकट दिने विश्वस्त रहेको गणेशले बताए । आफूले पुनः वडा अध्यक्षमा विजय भएमा जनतालाई स्वच्छ पानी खुवाउने , विपन्न परिवारलाई आवास घरको व्यवस्था गर्ने र वडा ३ का सम्पूणर् बाटाहरुलाई कालेपत्रे बनाउने आप्mनो एजेन्डा रहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्