बिर्तामोड , चैत २३ । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-७ सुकुम्बासी टोलका ५४ बर्षीय अमृत खड्का रहेका छन् । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा खडकाको साथबाट १४ ग्राम प्रतिबन्धीत लागूऔषध ब्राउनसुगर बरामद गरेको हो । लागूऔषधसहित पक्राउ परेका खड्काको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्