झापा , चैत २३ । झापाको बुद्धशान्ति गाँउपालिका-३ को मेची राजमार्गमा सवारी दुर्घटना हँुदा एकजना महिलाको मृत्यु भएको छ ।

हिजो बेलुका पौने ७ बजे दक्षिण तर्फ जादै गरेको प्रदेश १-०१-०१३ प ४४९८ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ च ७८३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा घाईते भएकि मोटरसाईकल पछाडि सवार सोहि स्थानकी ३८ बर्षीया शान्त सुब्बाको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो भने मोटरसाईकल चालक ४२ बर्षीया कविता लिम्बुको सोहि अस्पतालमा उपचार भईरहेको छ । पिकअप र चालक पाँचथर हिलिहाङ गाउपालिका-६ का हर्क यावालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्