बिर्तामोड , चैत २४ । झापाको दमक नगरपालिका-१० स्थित भित्री सडकखण्डमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा १ जनाको मृत्यु भएको छ ।

हिजो बेलुका साढे ५ बजे सिमेन्ट बोकेको मे.१त ३७४६ नम्वरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा ईन्जिनको भागले किची घाईते भएका सोहि ट्याक्टरमा सहयोगीको रुपमा गर्ने झापा दमक नगरपालिका-८ का २३ बर्षीय विकास ताजपुरियाको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्