हल्दिवारी,चैत २४ । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट हल्दिवारी ३ मा ईन्द्र वन वडाध्यक्षको उम्मेदवार बन्ने पक्का भएको छ ।

युवाहरुमाझ लोकप्रिय उनी कांग्रेसका सक्रिय कार्यकर्ता हुन् ।
उनीसंगै मिरा दाहाल,सुकमाया गुरुङ, सुनिराम मेचे र सनमाया सुन्दास वडा सदस्यको रूपमा उम्मेदवार बन्ने भएका छन्

त्यस्तै कांग्रेसको हल्दिवारी ५ नं. वडा समितिले पार्टीको तर्फबाट खड्ग लावतीलाई वडाध्यक्षमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । पार्टीको सम्पन्न वडास्तरीय भेलाले पार्टीको हल्दिवारी गाउँ उपसभापति समेत रहेका लावतीलाई वडाध्यक्षका लागि पार्टीको तर्फबाट सर्बसम्मत उम्मेद्वार बनाएको हो । त्यस्तै खुल्ला पुरुष वडा सदस्यमा क्षेत्र नं.३ क्षेत्रीय समिति सदस्य भानुभक्त प्रसाई र वडा सभापति बिजय फागो सर्बसम्मत उमेरद्वार बन्ने भएका छन् । त्यस्तै खुल्ला महिला सदस्यमा क्षेत्र प्रतिनिधि सृजना धौराली खरेल पनि उम्मेदवार बन्ने भएको वडा निर्वाचन प्रचारप्रसार संयोजक किरण दंगालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्