झापा , चैत २४ । प्रतिबन्धित लागूऔषधका एकजना कारोबारी पक्राउ परेका छन् ।

८० ग्राम ब्राउनसुगरसहित काठमाण्डौ कागेश्वरी मनोहरा ९ बस्न २५वर्षिय राजिव रायमाझीलाई झापामा प्रहरीले पक्राउ गरेको हो ।

आज मध्यान्ह १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर वडा नं.६ पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका रायमाझीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ८० ग्राम ब्राउनसुगर र नगद ५ हजार बरामद भएको थियो । उनलाई ईप्रका काकँडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्