भद्रपुर , चैत २५ । भद्रपुर नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका तर्फबाट ६ जना दावेदार देखिएका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/04/277887646_293710009581940_4881368652625764842_n.jpg)
पूर्वकै पुरानो नगरपालिका भद्रपुरमा स्थानीय तह निर्वाचनको लागि ६ जना आकांक्षीले पार्टीको नगर कमिटीमा उम्मेदवारी दर्ता गराएका छन् । जसको छिनोफानो आज हुँदैछ ।
मेयरका लागि बहालवाला मेयर जीवन श्रेष्ठ , उपमेयर चन्द्रा श्रेष्ठ , असारु राजवंशी , राम दवाडी , कालीचरण बस्नेत र टीका प्याकुरेलले उम्मेदवारी दिएका हुन् । नगरका वडाहरुबाट उम्मेदवारको टुंगो लागिसकेर सिफारिस गरिसकिएको छ । आज मेयर , उपमेयरका लागि मतदान रहेको मेयरका आकांक्षी श्रेष्ठले बताए ।