झापा , चैत २४ । बिहीबारको मन्त्रिपरिषद बैठकले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रीहरुबाटै बाहिर आएको त्यो निर्णय शुक्रबार सार्वजनिक भने भएन । बिहीबारको मन्त्रिपरिषद बैठकका निर्णय संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरे । तर, उनले सार्वजनिक गरेका निर्णयका २३ ओटा बुँदामा हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय भने उल्लेख छैन । एक मन्त्रीका अनुसार मन्त्रिपरिषदले शनिबार र आइतबार दुईदिन विदा दिने निर्णय नीतिगत रुपमा मात्र भएकाले त्यसलाई सार्वजनिक नगरिएको हो । “शनिबार र आइतबार दुबै दिन विदा दिएपछि शुक्रबारको आधा दिनको विदा पनि कटौती गर्नुपर्यो । हप्तामै दुई दिन विदा दिने भएपछि राष्ट्रिय विदाको दिन पनि हिसाव गरेर कार्यान्वयन गराउनु पर्यो,” ती मन्त्रीले बताए , “यी सबै कामका लागि उपयुक्त गृहकार्य र काम अघि बढाउनुपर्छ । त्यसैले हतारमा निणर्य सार्वजनिक नगरिएको हुन सक्छ ।” ती मन्त्रीका अनुसार दुई दिन बिदा दिने नीतिगत निर्णय भने भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्