बिर्तामोड , चैत २६ । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच बिभिन्न ११ उद्यमी व्यवसायीलाई सम्मान गरिएको छ ।

आफ्नो उद्यम तथा व्यवसायबाट युवाहरुलाई उत्प्रेरित गर्दै समाजमा राम्रो छाप छोडेको भन्दै ड्रिम्स वर्ल्ड इन्टरटेण्टमेन्टले उनीहरुलाई सम्मान गरेको हो ।
उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप तालिमको समापनको अवसर पारेर कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनी र कार्यकारी निर्देशक सरोज खरेलले उनीहरुलाई सम्मान गरेका हुन् ।

यसरी सम्मानित हुनेहरुमा खगेन्द्र काष्ठ फर्निचरका सञ्चालक खगेन्द्र खरेल, प्याक एण्ड प्याडल नेपालका सञ्चालक आकाश श्रेष्ठ, डिएण्डडि बायो प्लानटेकका सञ्चालक डिल्लीराज उप्रेती, केक ग्यालरीका सञ्चालक बलराम राजवंशी, थर्ड होम कफीका सञ्चालक राम तिवारी, पर्पल किचन तथा इन्टेरियरका सञ्चालक अजय चौधरी, धागो बुटीकका सञ्चालक सानि घिमिरे, लोटस सिटि मोवाइल हाउसका सञ्चालक उज्वल गुरागाई, साकम्वरी ट्रेड कन्सर्नका सञ्चालक शुभम् गोयल, हिमालयन जनरल इन्स्योरेन्सका शाखा प्रमुख सुसिल गोयल रहेका छन् ।

तीन दिनसम्म सञ्चालन भएको उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप तालिममा जिल्लाभरका २ सय विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्