बिर्तामोड , चैत २६ । नेपाल तरुण दल बिर्तामोड –५ को आयोजना तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शनिवार कनकाई कलेज बिर्तामोडमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

कार्यक्रममा ४सयभन्दा बढी बिरामीको निःशुल्क आँखा जाँच गरिनुका साथै २५० जनालाई निःशुल्क चश्मालगायत औषधी वितरण गरिएको थियो । साथै मोतीबिन्दुको निःशुल्क उपचारको व्यवस्था गरिएको नेपाल तरुण दल बिर्तामोड ५ का सचिव प्रज्वल बिमलीले बताए । मेची आँखा अस्पतालका प्राविधिक समूहको नेतृत्व नेत्र अधिकृत कविता कार्की कडरियाले गरेकी थिइन् ।

नेपाल तरुण दल बिर्तामोडका सभापति दिनेश चौधरीले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि समाजसेवी तथा शिक्षाविद जयनारायण ढुङ्गाना, विशिष्ट अतिथि मेची आँखा अस्पताल बिर्तामोडका अध्यक्ष जलकुमार गुरुङ रहेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला , समाजसेवी हर्कलाल गिरीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरलाई स्वागत सम्मान गरिएको थियो । नेपाल तरुण दल बिर्तामोडका उपाध्यक्ष विजय लामाले स्वागत मन्त्वय राखेको कार्यक्रमको संचालन प्रज्वल बिमलीले गरेका थिए । कार्यक्रमको औचित्यमाथि तरुण दलका रोहित प्रसाईले प्रकाश पारेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्