झापा , चैत २७ । ‘ मिलेन लेबल तेरो बाउ बोला ए ’ र्‍याप गाएर चर्चामा आएका जी-बब नामले परिचित सुदीप भण्डारीले ‘ए मेरो हजुर ४’ का लागि गीत गाएका छन् ।

‘भाग भाग अब धेर न दे धाक’ बोलको गीतमा उनकै शब्द तथा संगीत रहेको छ । गीतको भिडिओमा पनि जी-बब देखिएका छन्। साथै फिल्मका अभिनेता अनमोल केसी र सुहाना थापालाई पनि देख्न सकिन्छ । संजय लामाले छायांकन गरेको भिडिओलाई साहिल खानले सम्पादन गरेका छन् भने यसमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। गीत सार्वजनिक भएको छोटो समयमा नै युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा परेको छ। शनिबार बेलुका सार्वजनिक भएको गीतले २४ घण्टा नपुग्दै ८ लाख भन्दा बढी भ्यूज पाएको छ। यो समाचार तयार गर्दा गीतले ८ लाख बढी भ्यूज पाएको छ भने १ लाख १२ हजार लाइक पाएको छ भने ५ हजार ५ सय बढी कमेन्ट पाएको छ । कमेन्टमा अधिकांशले जी-बबको तरिफ गरेका छन्। झरना थापाले निर्देशन गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतमलगायत कलाकारहरूको अभिनय छ। फिल्मको कथा निर्देशक झरना थापाले लेखेकी हुन्। सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन्। ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्