झापा , चैत २७ । झापाको गौरादह नगरपालिका-५ मा चट्याङले लागि एकजना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका-५ कि ४० बर्षीया मन माया थापा रहेकि छन् । आज दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानीसंगै परेको चट्याङले लागि घाईते भएकि थापालाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्