बिर्तामोड , चैत २७ । समाजसेवी तथा व्यवसायी श्याम प्रसाई एसपीले बिर्तामोड ९ स्थित नडियाबारीमा रहेको देवी पाञ्चायन काली मन्दिरलाई एक थान साउण्ड सिस्टम प्रदान गरेका छन् ।

नेपाल ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य, मेची ट्रान्सफर एसोशिएसनका बरिष्ठ उपाध्यक्ष तथा कृष्ण रोडवेजका प्रोप्राइटर समेत रहेका प्रसाईले आफ्ना स्व.बुबा बिष्णुप्रसाद प्रसाईको स्मृतिमा आईतबार मन्दिरलाई २५ हजार ९९९ रुपैंयाँको साउण्ड सिस्टम प्रदान गरेका हुन् ।उनले काली माता मठ मन्दिर व्यवस्थापन समितिका सल्लाहकार काजीमान बुढाथोकीलाई उक्त साउण्ड सिस्टम प्रदान गरेका थिए ।

त्यस्तै बाह्रदशी गाउँपालिका गोलधाप निवासी मदन थपलियाले मन्दिरलाई प्रदान गरेको घण्टी पुजन तथा त्रिशुल अनावरण समेत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी प्रसाईले घण्टी तथा त्रिशुल अनावरण गरेका थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्षको अनुपस्थितिमा उपाध्यक्ष रबिन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रसाईले मन्तब्य राखेका थिए ।

त्यस्तै सोही कार्यक्रममा सैनिकमोड निवासी सूर्यनारायण राजवंशीले मन्दिरलाई एक थान घण्टी प्रदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्