झापा, चैत २७ । आईतबार दिउँसो हावाहुरीसंगै परेको असिनापानीले बालीनालीमा क्षति पुर्याएको छ ।

मकै , गहुँ , तोरी , आलसजस्ता बालीमा असिनापानीले क्षति गरेको किसानले बताएका छन् । झापा गाउँपालिका–३ का किसान लखिराम सोरेनको २ बिगाहमा लगाएको मकैवालीलाई हावाहुरीसहित परेको असिनापानीले क्षति गरेको छ । उनले घोगा लाग्दै गरेको मकै असिनापानीले बिगारेको बताए ।

त्यस्तै बाह्रदशी वडा नं. १ मा पनि निकै क्षति पुगेको वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए ।उनले असिनापानीले भएको क्षतिको क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायसंग पहल गर्ने बताए । त्यस्तै कचनकवल ४ को हरित कृषक समूहका कृषकहरुको धानवाली र मकैबाली साथै तरकारीे असिनापानीले सखाप पारेको पंचानन्द राजवंशीले बताए
जिल्लाका सबै क्षेत्रमा असिनापानी नपरेको जनाउँदै कृषि ज्ञान केन्द्रले असिनापानीले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्