बिर्तामोड , चैत २८ । गएराति बिर्तामोडको रामचौकमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुने बिर्तामोड २ बेलडाँगी निवासी ३२ वर्षिय संयम बजगाई रहेका छन् । राति ८ बजेतिर पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५६ नं. को ट्रकले विपरित दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नं. को बुलेट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बजगाई घाइते भएका थिए ।

घाइतेको बिएण्डसी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको , ट्रक र ट्रक चालक आफूहरुको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्