झापा , चैत २९ । संखुवासभाको चैनपुर नगरपालिका-५ मा पानीमा डुबेर बालकको मृत्यु भएको छ।

हिजो दिउँसो १२ बजे सोही स्थानका पेमा ओङ्दि शेर्पाका १ बर्षीय छोरा निमा साङ्गे शेर्पालाई जुठेल्नोमा खोले पकाउन राखिएको फोसि भाडामा रहेको पानीमा डुबेर मृत अवस्थामा परीवारले फेला पारेको थियो । ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिगएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्