झापा, चैत २९ । शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ ।

उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए । उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन । अमेरिकाको अध्यागमनले गैरकानुनी रुपमा छिरेका नेपालीहरु राजु पौडेल, प्रविन बस्नेत, पेम्बा लामा, ध्रुव कुमार र शंकर विष्ट मगरलाई निष्काशन गरेको हो । अमेरिकाको अध्यागमनले लुकीछिपी बस्दै आएका छिरिङ शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउतले र बिराज केसीलाई समेत निष्काशन गरेको छ । आमागी दिनमा अमेरिका प्रवेश गर्न नपाउने गरी उनीहरुलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको हो। निष्कासित सबैलाई अमेरिकाले विमान चार्टर गरी केही दिनअघि काठमाडौं ल्याएको हो । गल्फ स्ट्रीम जहाजको भीएन ७४० एसएस को उडानबाट अमेरिकाले उनीहरुलाई निष्काशन गरेको हो । उनीहरुसँग नेपालको राहदानीसमेत थिएन । अवाञ्छित ढंगले अमेरिका प्रवेश गरेको सूचना पाएपछि त्यहाँको अध्यागमनले उनीहरुलाई पक्राउ गरेको थियो । अमेरिकामा प्रवेश गरेपछि उनीहरुले आफ्नो राहदानी लगायतका आवश्यक कागजात फालेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्