बिर्तामोड , चैत २९ । बिर्तामोड नगरपालिका वडा नं. ४ का टोल विकास संस्थाहरुको एकदिने क्षमता विकास अभिबृद्धि तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिका ४ नं वडा कार्यालयको सहयोगमा सगरमाथा सामाजिक सेवा केन्द्र बिर्तामोडद्वारा आयोजित उक्त कार्यक्रममा ४२ जनाको सहभागिता रहेको थियो । सगरमाथा सामाजिक सेवा केन्द्रका अध्यक्ष भीष्म उप्रेतीको अध्यक्षतामा बिर्तामोड न.पा. वडा नं. ४ को सभाहलमा कार्यक्रम गरिएको थियो ।

बिर्तामोड नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कुलप्रसाद संग्रौला, वडा सदस्यहरु निर्मला सुनार, कविता थापा डाँगी, गंगाप्रसाद प्रसाई, वडा सचिव नन्दलाल आचार्यलगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा वडा सदस्य निर्मला सुनुवारले स्वागत गरेकी थिइन् । उद्घाटन सत्र र सहजीकरण सत्र गरी २ सत्रमा विभाजित कार्यक्रमको शुरुवात वडा अध्यक्ष संग्रौलाले कार्यक्रमको व्यानर वाचन गरेर गरेका थिए ।

संस्थाका सचिव अर्जुनकुमार पाठकद्वारा सञ्चालन गरिएको कार्यक्रमको उद्घाटन सत्रमा वडा अध्यक्ष संग्रौला, सगरमाथा सामाजिक सेवा केन्द्रका अध्यक्ष भीष्म उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए । विहान १०ः३० बजेबाट शुरु भएको उद्घाटन सत्र ११ः३० बजेसम्म चलेको थियो । उद्घाटन सत्रको समापनपश्चात् सहजीकरण सत्र शुरु गरिएको थियो ।

दिनको २ः३० बजेसम्म भएको सहजीकरण सत्रको सहजीकरण विराट सामुदायिक अध्ययन केन्द्रका लेखा तथा प्रशासन अधिकृत एकेन्द्र उप्रेती र बिर्तामोड नगरपालिका लेखा अधिकृत तेजिन्द्र तामाङले गरेका थिए । सहजीकरण सत्रको समापनमा सहभागीहरुका तर्फबाट लक्ष्मीप्रसाद खरेल, रितु निरौला र वडा अध्यक्ष संग्रौलाले मन्तव्य राखेको वडा सचिव आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्