झापा , चैत ३० । करीब बीस लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय कन्टेनर र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बिहान ११.३० बजेको समयमा मेचीनगर ६ स्थित राजमार्गमा ईलाका प्रहरी कार्यालय.काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय RJ 18 GB 3721नं.को कन्टेनरलाई चेकजाँच गर्दा उक्त कन्टेनरमा अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको २० लाख मूल्य बराबरको बिस्कुट बरामद भएको थियो ।

ती अवैध बिस्कुट र उक्त कन्टेनर गाडी अन्दाजी मूल्य रु.२५ लाख गरी जम्मा .४५ लाख बराबरको सामान र कन्टेनर चालक देश भारत WARD NO=7 CHHAPAR, NEEM–KA THANA =SIKAR =RJ –332708 बस्ने बर्ष २२ का सिशराम गोर्सी समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्