झापा , चैत ३० । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत गाण्डोगलजोते खोरीबारी दार्जेलिङका २४ बर्षीय नन्दन बर्मन रहेका छन् ।

हिजो बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बर्मनलाई शंका लागेर शरीर खानतलासी गर्दा मलद्वारमा लुकाई राखेको अवस्थामा १ ग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका बर्मनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्