बिर्तामोड , चैत ३० । बिर्तामोड ४ को भद्रपुर रोडमा अवैध सामानसहित दुईवटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिई राजश्व कार्यालयमा बुझाएको छ ।

बुधबार बिहान ३ बजेको समयमा भद्रपुर रोडमा गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले को कसले पार्किङ गरी राखेको WB74P1455 नं.को भारतीय कार र को १ ज २४४० नम्बरको पिकअप गाडीमा तलासी लिँदा भन्सार छलि गरी ल्याएको कपडाको ठुलो रोल ८ थान , सानो रोल ३१ थान , मोटर गार्ड ५ थान, कपडा ठुलो बोरामा २ बोरा, मोटरपार्टस सानो बोरामा ३ बोरा फेला परेकोले दुबै गाडी र सामानसहित अन्दाजी मूल्य रु.४० लाख बराबरको अवैध सामान आवश्यक कार्बाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै मंगलबार साँझ ५.३० बजेको समयमा मेचीनगर ६ स्थित बुद्धशान्ति बुधबारेबाट काँकरभिट्टा हुँदै तिरिङखोलातर्फ जाँदै गरेको मे १ च ४९८० नं.को पिकअप भेनलाई जिल्ला प्रहरी कार्यालय र ईप्रका काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा २९ बोरा सुपारी अन्दाजी मूल्य रु.५ लाख ७० हजार बराबरको भ्याट बिल नभएको फेला परेकोले उक्त सुपारी र पिकअप गाडी अन्दाजी मूल्य रु.१० लाख गरी जम्मा रु.१५ लाख ७० हजार बराबरको र चालक मेचीनगर १ बस्ने ४८ वर्षिय दानबहादुर पोखरेलसमेतलाई नियन्त्रणमा लिई आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाईएको प्रहरीले जनाएको छ ।

त्यस्तै करीब बीस लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय कन्टेनर र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
मगलबार बिहान ११.३० बजेको समयमा मेचीनगर ६ स्थित राजमार्गमा ईलाका प्रहरी कार्यालय.काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय RJ 18 GB 3721 नं.को कन्टेनरलाई चेकजाँच गर्दा उक्त कन्टेनरमा अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको २० लाख मूल्य बराबरको बिस्कुट बरामद भएको थियो ।

ती अवैध बिस्कुट र उक्त कन्टेनर गाडी अन्दाजी मूल्य रु.२५ लाख गरी जम्मा .४५ लाख बराबरको सामान र कन्टेनर चालक देश भारत WARD NOO7 CHHAPAR, NEEM–KA THANA OSIKAR ORJ –332708 बस्ने बर्ष २२ का सिशराम गोर्सी समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्