झापा , बैशाख १ । पूर्वी तराईका झापा, मोरङ सुनसरीलगायतका जिल्लामा आजदेखि सिरुवा पर्व धुमधामका साथ मनाइँदैछ ।

तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् ।

नयाँ वर्षसंगै शुरु हुने पर्वका अवसरमा आज झापाका राजवंशीले जल अर्थात पानी सिरुवा खेल्दैछन् । एक आपसमा पानी छ्यापेर जल सिरुवा मनाउने गरिन्छ । त्यस्तै भोलि बैशाख २ गते माटोको हिलो बनाएर हिलो छ्यापा–छ्याप गरेर काद सिरुवा खेल्ने गरिन्छ । लगातार ३ दिनसम्म मनाइने सिरुवाअन्तर्गत सो समुदायले पर्सी बैशाख ३ गते रंग सिरुवा खेल्नेछन् । राजवंशी समुदायले सिरुवा पर्वलाई प्रमुख चाडको रुपमा मनाउने गर्दछन् ।

यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्कने नाचगान गर्ने चलन छ । पर्वको अवसरमा यी जिल्लाहरुमा विशेष सांस्कृतिक कार्यक्रमहरुसहित सिरुवा मेला पनि लाग्ने गर्दछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्