दमक, बैशाख १ । नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईको बिषयमा तयार गरिएको शेरबहादुर भट्टराई एक चिनारी नामक पुस्तक सार्वजनिक भएको छ ।

दमकका सामाजिक व्यक्तित्व तथा कांग्रेस उपसभापति भट्टराईको बारेमा बिभिन्न ४६ जना लेखकले लेखेको पुस्तक आज नयाँ बर्षको अवसरमा एक औपचारिक कार्यक्रम गरि सार्वजनिक गरिएको हो ।

राष्ट्रियसभाका पूर्व सदस्य डिल्ली सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संबिधानसभा सदस्य सुधिर शिवाकोटी, प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री हिक्मत कार्की, प्रदेशसभा सदस्य अर्जुन राईलगायतले संयुक्तरुपमा पुस्तकको विमोचन गरेका हुन् । प्रकाशक सितादेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले शेरबहादुर भट्टराई राजनीतिकर्मी मात्रै नभएर एकजना सामाजिक अभियन्ता समेत भएको बताएका थिए ।

कार्यक्रममा कांग्रेस झापा सभापति देउकुमार थेवे, संबिधानसभा सदस्य शिवाकोटी, पूर्व प्रदेश मन्त्री कार्की, दमक नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, गौरादह नगर प्रमुख रोहितकुमार शाह, दमककी महिला नेतृ रेगिना भट्टराई प्रसाईं, नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीलगायतले शेरबहादुर भट्टराईले दमकको विकास निर्माणमा पु¥याएको योगदान पछिल्लो पस्तालाई जानकारी गराउन पनि यो पुस्तक सहयोगी हुने बताए । शेरबहादुर भट्टराई जुनसुकै काममा पनि सफल भएको भन्दै उनको जीवनी नयाँ पुस्ताको लागि प्रेरणाको स्रोत भएको वक्ताहरुले बताएका थिए । कार्यक्रममा पुस्तकका प्रधान सम्पादक खेमलाल पोखरेल, कार्यकारी सम्पादक धनकुटे कान्छाले पनि बोलेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्