झापा , बैशाख ३ । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टेम्पो चालक धरान–१३ का ३५ बर्षीय खडग बिश्वकर्मा रहेका छन् । हिजो बिहान ७ बजे धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को.१ख४४८० नम्वरको बस र भेडेटारबाट धरानतर्फ आउँदै गरेको को.२ ह ७०४१ नम्वरको टेम्पो एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा टेम्पो चालक बिश्वकर्माको घटनास्थलमा नै मृत्यु भएको र टेम्पोमा सवार ताप्लेजुङ लिखुम–२ की १५ बर्षीया उषा लिम्बू घाईते भई धरान घोपामा उपचार भईरहेको छ ।

बस चालक धरान–१३ का गोबिन्द कटुवाललाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्