मेचीनगर, बैशाख ३ । विराट वारियर्सले झापा सुपर लिग क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

सनराइज काँकडभिट्टालाई ७ विकेटले पराजित गर्दै विराटले विजयी शुरुवात गरेको हो ।
प्रतियोगितामा टस जितेर विराटले सनराइज काँकडभिट्टालाई व्याटिङका लागि निम्तो गरेको थियो । निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रनको लक्ष्य खडा गर्दा अन्तर्राष्ट्रिय खेलाडी पवन सरार्फले ४३ वल खेलेर ५४ रन बनाए । प्रनिश विमलीले २५, भुपाल डाँगीले १९ र शुभांकर उराउले १६ रन जोडे ।

वलिङतर्फ विराटका विवेक आयद, सिद्धान्त लोहनी र सुमित नेउपानेले २÷२ तथा आभास तिम्सिना र विपिन महतोले १÷१ विकेट झारे ।
सनराइजले दिएको लक्ष्य विराटले १६ दशमलव ४ ओभरमा पुरा ग¥यो । सोनु अन्सारीले ३३ वलको सामना गरेर ५४ रन जोडे । त्यस्तै अनिल लामिछानेले ३४, सिद्धान्त लोहनीले १६ वलमा ३३ तथा अन्तिम सुवेदीले १५ रन बनाए ।

वलिङमा सनराइज काँकडभिट्टाका विराट डाँगी र शुभांकर उराउले १÷१ विकेट लिए । अलराउण्डर प्रदर्शन गर्ने विजयी टोलीका सोनु म्यान अफ दि म्याच बने । क्यानका सल्लाहकार नरेश श्रेष्ठले उनलाई ३ हजार नगद पुरस्कार हस्तान्तरण गरे ।
प्रदेश १ मा पहिलो पटक आयोजना भएको यो प्रतियोगितालाई मेचीनगरका प्रमुख विमल आचार्यले उद्घाटन गरेका थिए । आइतवार बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलावारी टाइगर्सबीच पहिलो र भद्रपुर राइजिङ र सनराइज काँकडभिट्टाबीच दोस्रो खेल हुने आयोजक समितिका अध्यक्ष हिमाल विकेले जनाए ।
लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजना र शिवशक्ति ग्रुपको रसोई तोरी तेलले मुख्य प्रायोजन गरेको प्रतियोगितामा जिल्लाका ५ वटा क्लबको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्