झापा , बैशाख ३ । चौलागाईं प्रतिष्ठान झापा जिल्ला समितिको अध्यक्षमा पुनः माधवप्रसाद चौलागाईं चयन भएका छन् ।

संस्थाको बिर्तामोडमा भएको तेस्रो वार्षिक साधारणसभाले माधवप्रसाद चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा नेत्रप्रसाद चौलागाईं, लिला चौलागाईं , सचिवमा नारायणप्रसाद चौलागाईं, सहसचिवमा डिल्लीराम चौलागाईं, गोपिकृष्ण चौलागाईं, कोषाध्यक्षमा यशोदा चौलागाईं, सहकोषाध्यक्षमा जनक चौलागाईं रहेका छन् ।

त्यस्तै सदस्यहरुमा मिनप्रसाद चौलागाईं ,कमलप्रसाद चौलागाईं, टीकाप्रसाद चौलागाईं, कमला चौलागाईं, गोपिकृष्ण चौलागाईं, नगेन्द्र चौलागाईं र हेम चौलागाईं रहेका छन् । समिति चयनका लागि राजेन्द्रप्रसाद चौलागाई संयोजक तथा नारायणप्रसाद चौलागाईं र देवीप्रसाद चौलागाईं सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

संस्थाका अध्यक्ष माधवप्रसाद चौलागाईंको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष डा. रमेश चौलागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा प्रदेश सदस्य भरत चौलागाईंले स्वागत गरेका थिए ।

कार्यक्रममा संस्थाका केन्द्रीय महासचिव देवेन्द्र चौलागाईं, केन्द्रीय सदस्य शिव शर्मा चौलागाईं, रामप्रसाद चौलागाईं, प्रदेश अध्यक्ष उत्तम चौलागाईं, इलाम अध्यक्ष मेघप्रसाद चौलागाईं, मोरङ अध्यक्ष दुर्गाप्रसाद चौलागाईं, सुनसरी अध्यक्ष प्रेमप्रसाद चौलागाईं, मेचीनगर अध्यक्ष मिनप्रसाद चौलागाईं र बाह्रदशी अध्यक्ष कमलप्रसाद चौलागाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष माधवप्रसाद चौलागाईंले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव नारायणप्रसाद चौलागाईंले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्