झापा , बैशाख ४ । मोरङको सुन्दरहरैचा नगरपालिका-६ का ६४ बर्षीय देवीप्रसाद तामाङ र ३२ बर्षीय मणिकुमार तामाङलाई कुटपिट गरी व्यक्ती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

गत चैत्र ३० गते राती पौने १० बजेको समयमा स्थानीय देवीप्रसाद तामाङ र ४१ बर्षीय गणेश भनिने मानबहादुर तामाङ बिच सामान्य वादविवाद भई झै-झगडा भएको र बाबुलाई कुटपिट गरेको भनी देवी प्रसादका छोरा ३२ बर्षीय मणीकुमार तामाङले मानबहादुरलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा उनी घाईते भएका थिए । घाईते मानबहादुरलाई उपचारको लागी बिराटनगरको न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा बैशाख ३ गते बिहान मृत्यु भएको थियो । घटनाको लगत्तै फरार रहेका दुवै बाबु छोरालाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले बैशाख ३ गते नै पक्राउ गरेको हो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्