दोहा , बैशाख ४ । नेपाल पत्रकार महासंघ कतार शाखाले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा इफतार कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ बर्ष २०७९को शुभकामना आदानप्रदान तथा इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर शाखाले इफतार कार्यक्रम सम्पन्न गरेको हो ।

महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका प्रमुख सल्लाहकार तीर्थ संगम राई, सल्लाहकार रामप्रसाद पराजुली,क्रान्ति सिंह,सिताराम थापा र अनुशासन विभाग प्रमुख दिपजंग शाहले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै कतारमा रहेर पत्रकारिता गर्दा आउन सक्ने चुनौती र ध्यान दिनुपर्ने विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा अध्यक्ष मियाले पत्रकारिताको आचारसंहिता र कतारको कानूनको अधिनमा रहि समाचार लेख्न तथा प्रसारण गर्न अनुरोध गरे । मियाले कतारमा रहेर पत्रकारिता गर्दा चुनौती र अवसर दुवै रहेको भन्दै आफ्ना अनुभव सुनाएका थिए ।शनिबार कतारको आभा मन्जु होटेलमा सम्पन्न कार्यक्रममा शाखाका उपाध्यक्ष दिलकुमार श्रेष्ठले स्वागत तथा संचालन सचिव ढाकाराम पौडेलले गरेको कतारबाट पत्रकार सारदा खवासले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्