बिर्तामोड, बैशाख ५ । झापाको दमक नगरपालिका-४ जनचेतना टोलमा ट्याक्टर दुर्घटना हँुदा १ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो साढे ११ बजे बालुवा बोकेर उत्तरबाट दक्षिणतर्फ गईरहेको को २ त १७१ नम्बरको ट्याक्टरमा काम गर्ने स्थानीय १८ बर्षीय सुजन बि.क. ट्याक्टरबाट लडेर घाईते भएका थिए । घाईते भएका बि.क.लाई ट्रयाक्टर चालक र सवारी धनीले मोरङको उर्लाबारीमा रहेको अरनिको अस्पताल लगेकोमा उपचारको क्रममा हिजो दिउँसो सवा १ बजे बजे मृत्यु भएको थियो । घटनाबारे जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिगई सवारी धनी मोरङ उर्लाबारी-५ का ४४ बर्षीय अशोक लिम्बु र चालक झापा दमक नगरपालिका-४ का दिपेन कुरकोटीलाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्