झापा , बैशाख ५ । फिदिम नगरपालिका-१ बुद्धचोकमा ढिस्कोले पुरिएर गोपाल ढुंगानाको मृत्यु भएको छ ।

मदन पन्दाकको घडेरीमा घर बनाउन शुभसाइतमा पूजा गर्ने क्रममा माथिबाट झरेको ढिस्कोले ढुंगानालाई पुरेको हो । पुजारीको काम गरिरहेका ढुंगानालाई ढिस्कोले पुरेको हो । पुरिएको ठाँउबाट निकालेर पाँचथर अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । ढिस्कोले पुरिएर एक बालिकासमेत घाइते भएकी छन् । शैलेन्द्र पन्दाककी ९ वर्षीया छोरी साहिसा पन्धाक घाइते भएकी हुन् । उनको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । ढिस्कोमा पुरिएका ढुंगानालाई उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका जवानहरु खटिएका थिए । जेसीभीको प्रयोग गरेर पुरिएका ढुंगानालाई निकालिएको हो । ढिस्कोसहित सोही स्थानका लेखनाथ खतिवडाको घर समेत जोखिममा परेको छ । खतिवडाको ट्वाईलेटको सेफ्टी ट्याङ्की भत्किएको छ । उनको घरको पर्खालसमेत जोखिममा परेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्