झापा , बैशाख ५ । नेपालमा सोमबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४,६९१ जनामा गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो । सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३७३ जना निको भएका छन् । नेपालमा हाल ३५० सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्