झापा , बैशाख ५ । झापा जिल्ला फुटबल संघको अध्यक्षमा भगिरथ आले ‘मामा ’ चयन भएका छन् ।

त्यस्तै संघको उपाध्यक्षमा टीकाराम प्रसाई , मनेश दाहाल र संजय राई चुनिएका छन् । त्यस्तै सदस्यहरुमा पूर्णमाया सुब्बा लिम्बू , जीवनकुमार दर्जी , टेकराज सुब्बा , बसन्त श्रेष्ठ , अमिरकुमार श्रेष्ठ , नोभेम्बरविक्रम नेम्बाङ, बुद्धराज लिम्बू , किशोरकुमार कार्की र सन्तोष राई रहेको निर्वाचन समितिका संयोजक अजय घिमिरेले जनाएका छन् ।

नयाँ समिति चयन गर्न घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति निर्माण गरिएको थियो । नयाँ समिति सर्वसम्मत चयन भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्