झापा , बैशाख ६ । मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित भित्री सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु भएको छ ।

हिजो बिहान साढे ७ बजेको समयमा प्रदेश १-०२-००३ त ८२० नम्वरको ट्रयाक्टरले पैदलयात्री लेटाङ-५ का ८१ बर्षीय मानबहादुर राईलाई ठक्कर दिँदा घाईते भएका राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टर र चालक मिक्लाजुङ-५ मोरङका महेश कार्कीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्