झापा , बैशाख ६ । नेपाली कांग्रेसको वडा समितिहरुले आगामी स्थानीय निर्वाचनका लागि वडा अध्यक्ष र सदस्यको आकांक्षीहरुको नाम सिफारिस गरेका छन् ।

कुनै वडामा सर्वसम्मत नाम सिफारिस भएको छ भने कुनैमा एउटा वडा अध्यक्ष पदको लागि ७ जना सम्मको नाम पठाईएको छ । वडा नं. १ मा वडा अध्यक्ष पदका लागि बलराम कार्की , देविका बस्नेत र तिलक खनालको नाम पठाईएको छ । त्यस्तै खुल्ला सदस्यमा रघुनाथ सापकोटा , विकास बस्नेत , रामकुमार राउत , डिल्ली लिवाङ , विशाल सापकोटा र साहेब सर्राफको नाम सिफारिस भएको छ भने महिला सदस्यमा जया खनाल , तिलरुपा श्रेष्ठ , लक्ष्मी सुवेदी र दलित महिला सदस्यमा रणमाया रसाइलीको नाम पठाईएको छ । त्यस्तै वडा नं.२ मा वडा अध्यक्षको लागि धर्म लक्सम्बा , उर्मिला ढकाल , गंगाराम ओडारी , खुल्ला सदस्यमा लक्ष्मीप्रसाद खनाल , निमनारायण राजवंशी , हेमराज संग्रौला , हरिभक्त उप्रेती , महिला सदस्यमा रेणुका ढकाल र दलित महिला सदस्यमा बिमला खातीको नाम पठाईएको छ । त्यस्तै वडा नं.३ मा वडा अध्यक्ष पदका लागि ७ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरुमा प्रेमप्रसाद उप्रेती , मनोज बुढाथोकी , दिवाकर प्रसाई , धर्मराज माझी , सुरेन्द्र कार्की , पदमप्रसाद प्रसाई र सृष्टि दहाल रहेका छन् । त्यस्तै खुल्ला वडा सदस्यमा पूणर्प्रसाद राजवंशी , गजेन्द्र ओली , सन्जयकुमार शर्मा , मनिका माझी , महिला सदस्यमा कमला अग्रवाल , जानुकाकुमारी थापा मगर र दलित महिला सदस्यमा कुमारी दर्जीको नाम पठाईएको छ ।

त्यस्तै वडा नं. ४ मा पनि वडा अध्यक्ष पदका लागि ७ जनाको नाम सिफारिस भएको छ । त्यस पदका लागि २६ जना आकांक्षी रहेका थिए । सिफारिस हुनेहरुमा राजकुमार प्रसाई , कुलप्रसाद संग्रौला , ध्रुव सुवेदी , उत्तम खनाल , हेमु खड्का ,देवेन्द्र सिटौला र तारा कार्की रहेका छन् । त्यस्तै खुल्ला वडा सदस्यमा मनोज खड्का , राजु राजवंशी (सन्तोस), लक्ष्मी गौतम , लक्ष्मी खरेल , यादवकुमार ओली , विजय काफ्ले , बमबहादुर मैनाली , तुफान शेख , बिनोद प्रसाई , किरण बिमली , कमल सिटौला , प्रेम मैनाली , उत्तम चौधरी , रणदेव हजाम , महिला सदस्यमा बालादेवी खरेल , मनकुमारी चुडाल , सम्भा राजवंशी , रबिना खड्का , मन्जु ओली न्यौपाने , कमला गुरागाई , सरिता मगर , जमुना राजवंशी , सुस्मिता संग्रौला र दलित महिला सदस्यमा आसा परियार सिफारिस भएका छन् । त्यस्तै वडा नं. ५ मा वडा अध्यक्ष पदका लागि रोहित प्रसाई सर्वसम्मत सिफारिस भएका छन् । त्यस्तै खुल्ला वडा सदस्यमा योगप्रसाद भट्टराई (सुनिल) , लवकुमार चौधरी , महिला सदस्यमा पार्वती चुडाल खतिवडा र दलित महिला सदस्यमा हरिमाया विश्वकर्मा पनि सर्वसम्मत सिफारिस भएका छन् । त्यस्तै वडा नं. ६ मा वडा अध्यक्ष पदका लागि सूर्यप्रसाद कन्दङ्वा , पवित्रा कोईराला ढुङगाना , कमलराज बिमली , खुल्ला वडा सदस्यमा एल्विन्द्र खत्री , जीवन बास्कोटा , महिला सदस्यमा गिता शर्मा रेग्मी र दलित महिला सदस्यमा शोभा बि.क.को नाम पठाईएको छ । त्यस्तै वडा नं. ७ मा वडा अध्यक्ष पदमा नवराज लिम्बू , खुल्ला सदस्यमा सोमनाथ घिमिरे , सम्सुल महमद , महिला सदस्यमा भिमा श्रेष्ठ र दलित महिला सदस्यमा सिता गजमेर सिफारिस भएका छन् । त्यस्तै वडा नं. ८ मा वडा अध्यक्ष पदमा चिरन्जीबि कार्की , खुल्ला सदस्यमा धर्मेन्द्र सिटौला , धनन्जय पौडेल र महिला सदस्यमा सरस्वती खतिवडाको नाम सिफारिस भएको छ । त्यहाँ दलित महिला सदस्यका उम्मेदवार चयन गर्ने क्रममा रहेको जनाईएको छ । वडा नं. ९ र १० मा उम्मेदवार चयनको विषयमा छलफल चलिरहेको नगर सचिब दिनेश पराजुलीले बताए । वडाबाट नगर समितिमा पठाईएका सिफारिसहरु अब प्रदेश ‘ क ’ मा पठाईने पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्