काँकडभिट्टा , बैशाख ६ । काँकडभिट्टा माविको मैदानमा जारी ‘रसोई झापा सुपर लिग’ क्रिकेट प्रतियोगिताको मंगलवारको खेलमा धुलावारी टाइगर र बोस्टर्न व्लाष्टरले जित हासिल गरेका छन्।

पहिलो खेलमा धुलावारी टाइगरले भद्रपुर राइजिङलाई १७ रनले हराउँदा दोस्रो खेलमा बोस्टर्नले विराट वारियर्स विरुद्ध २४ रनको रोमाञ्चक जित निकाल्यो । बोस्टर्नको जितमा अन्तर्राष्ट्रिय खेलाडी करण केसी नायक बने । उनले ४१ वल खेल्दै ८२ रन जोडे । जसमा १० वटा छक्का र ३ वटा चौका प्रहार गरेका थिए ।

टस हारेर व्याटिङ गर्न मैदान ओर्लिएको धुलावारीले पहिलो खेलमा १७ दशमलव ५ ओभर खेल्दै सबै विकेट गुमाएर भद्रपुर सामु १ सय ४० रनको लक्ष्य खडा गरेको थियो । जसमा राज थापाले ३२, मुकुन्द यादव र गुल्सन झाले २१÷२१ रन बनाएका थिए ।
बलिङमा भद्रपुरका श्रवण यादवले सर्वाधिक ५ विकेट र अन्तर्राष्ट्रिय खेलाडी मन्जित श्रेष्ठले १ विकेट लिए ।

जवाफमा भद्रपुर सवै ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २३ रनमा समेटियो । मोविन अलीले ४४ रन बनाएपनि यो पर्याप्त भएन । रुपक वराल र ग्रिसल पौडेलले पनि १४÷१४ रन जोडेका थिए ।
वलिङमा धुलावारीका गुल्सन झा र प्रवेश कामतीले २÷२ तथा राज थापा, दिपेश कँडेलले १÷१ विकेट झारे । खेलको प्लेयर अफ दि म्याच गुल्सन झा भए ।

दोस्रो खेलमा बोस्टर्न ब्लाष्टरले विराट वारियर्सलाई २४ रनले पराजित गर्यो । टस हारेर व्याटिङको मौका पाएको बोस्टर्नले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रनको भारी योगफल बनाएको थियो । अलराउण्डर करण केसी चम्किएका थिए । उनी खेलको प्लेयर अफ दि म्याच पनि बने । उनलाई कोसेली गिफ्ट गाइड धुलावारीले नगद र गिफ्ट हेम्पर प्रदान गरेको थियो । बलिङमा विवेक यादव र सिद्धान्त लोहनीले २÷२ विकेट लिए ।

१ सय ८० रनको विजयी लक्ष्य लिएर मैदान ओर्लिएको विराटले सबै ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ६५ रन मात्रै बनाउन सक्यो । जसमा शिवांश बजगाईले ३२ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। वलिङमा मिनास थापा र विधान गोश्वामीले ३÷३ तथा करणले १ विकेट लिए ।
बुधवारको पहिलो खेल धुलावारी टाइगर र सनराइज काँकडभिट्टा तथा दोस्रो खेल भद्रपुर राइजिङ किङ र बोस्टर्न ब्लाष्टरबीच हुने आयोजक समितिका कोषाध्यक्ष चोलानाथ दाहालले जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्