झापा , बैशाख ६ । नेकपा एमाले केन्द्रीय सदस्य तथा बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले झापाको हल्दिवारी गाउँपालिकामा एक हजार जनालाई निःशुल्क स्वास्थ्य बिमा गरिदिएका छन् ।

बिएण्डसी अस्पतालद्वारा निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका प्रसाईले मंगलबार हल्दिवारीका एक हजार स्थानीयलाई निःशुल्क स्वास्थ्य विमा उपलब्ध गराएका हुन् ।

बिएण्डसी हस्पिटल र पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा प्रसाईले यस्ता सामाजिक कार्य आफूले निरन्तर जारी राख्ने बताए । यसअघि पनि बिएण्डसी अस्पतालले विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको थियो । बिएण्डसीका सञ्चालक प्रसाईले अहिले राजनीतिसँगै स्वास्थ्य क्षेत्रमा पनि ठूलो योगदान पुर्याउदै आइरहेका छन् ।

गत शनिवार कचनकवल गाउँपालिकाको सन्थाल बस्तीमा पुगेका प्रसाईले त्यहाँ पनि तुरुन्त स्वास्थ्य बिमा गरिदिने प्रतिबद्धता जनाएका थिए । यस्तै त्यस बस्तीमा उनले खानेपानीको सुविधा पनि पुर्याइदिने बताएका छन् । यस्तै उनले सोमबार नै हल्दिबारी गाउँपालिकामा लामो समयदेखि उपचारको अभावमा साङ्लोले बाँधिएका एक युवकको उद्धार गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्