पथरीशनिश्चरे, बैशाख ६ । महिला पुनस्र्थापना केन्द्र ओरेकको आयोजनामा लेटाङ नगरपालिका ५ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयका छात्रछात्राहरुलाई सार्वजनिक स्थलमा महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

महिला तथा बालबालिकामाथि हुने ‘गुड टच व्याड टच ’ र विद्यालयमा हुने लैङ्गिंक हिंसाका कारण विद्यार्थीमा पर्ने मनोसामाजिक असरसम्बन्धी विद्यालय शिक्षा कार्यक्रम गरिएको हो ।
उक्त विद्यालयमा अध्ययनरत कक्षा ५ देखि कक्षा १० सम्मका २४० विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

कार्यक्रममा शिक्षा विकास माविमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई ३ समूहमा विभाजन गरी कक्षा संचालन गरिएको थियो । उक्त कार्यक्रमपश्चात् कार्यक्रमका सहभागीहरुलाई समूह मनोविमर्श सेवा, व्यक्तिगत मनोविमर्श सेवा समेत प्रदान गरिएको महिला पुनस्र्थापना केन्द्र ओरेक मोरङले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्