बादल राजवंशी,
यिवु । विश्वव्यापी कोरोना महामारीका कारण गर्दै आएको व्यवसायमा कमी आएपछि काठमाडौंका सुरज शर्माले चीनको यिवु शहरमा विकल्प नखोजी व्यवसाय अझ विस्तार गरेका छन् ।

उनले गर्दै आएको पुरानो व्यवसायसंगै रेष्टुरेन्ट पनि संचालन गरेका हुन् । संसारकै सबैभन्दा ठूलो बिजनेस हबको रुपमा रहेको यिवु शहरमा उनले कटिया रेष्टुरेन्ट संचालन गरेका छन् । जहाँ नेपाली खानाको परिकारसहित इन्डियन परिकारको स्वाद पनि पाइने संचालक शर्माले बताए । अरुले कोरोना महामारीका कारण होटल व्यवसाय बन्द गर्दै जाँदा आफूले भने कोरोना महामारीलाई नै चुनौती दिँदै सो रेष्टुरेन्ट खोलेको उनले बताए ।

कोरोना महामारीका बावजुद खोलेको नयाँ होटल व्यवसाय राम्रै चल्ने उनले विश्वास लिएका छन् । शर्मा विगत १२ वर्षदेखि चीनमा रहेका छन् । उनले चिनीया युवतीसंग घरजम गरी त्यही नै व्यवसाय गर्दै आएका छन् । कटिया रेष्टुरेन्ट नेपालीसंगै अरु देशका पर्यटकहरुको रोजाइमा परेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्