झापा, बैशाख ७ । झापाको भद्रपुर नगरपालिका-७ का ५५ बर्षीय संजय उरावको माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ ।

हिजो दिउँसो १ बजेको समयमा देउनिया खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने सूचना प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटि गई घटना बारे अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्