भद्रपुर, बैशाख ७ । नेपाल निजामती कर्मचारी संगठनको ३२ औं स्थापना दिवसको अवसर पारेर विविध कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल निजामती कर्मचारी संगठन झापाले संगठन स्थापनाको ३२ औं वर्ष प्रवेशको अवसरमा संगठनमा आबद्ध अवकासप्राप्त कर्मचारीलाई सम्मानसहित विदाई र नवप्रवेशी कर्मचारीहरुलाई स्वागत गरेको हो ।
प्रदेश सांसद बसन्तकुमार बानियाको प्रमुख आतिथ्यतामा चन्द्रगढीमा आयोजित कार्यक्रममा झापाका विभिन्न सरकारी कार्यालयहरुबाट अवकासप्राप्त १ सय ३ जना सेवानिवृत्त कर्मचारीलाई सम्मानसहित विदाई र ५६ जना नवप्रवेशीहरुलाई स्वागत सम्मान गरिएको थियो ।
संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बानिया, विशेष अतिथि पेशागत महासंघ प्रदेश नं १ का संयोजक देवराज कार्की, नवप्रवेशी कर्मचारी साजन अधिकारी, आधिकारिक ट्रेड युनियन झापाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।