झापा, बैशाख ८ । नेकपा एकीकृत समाजवादीले झापाका सबै १५ वटै पालिकाका लागि उम्मेद्वार सिफारिस गरेको छ ।

झापाका ८ नगरपालिकाका प्रमुख र उपप्रमुख तथा ७ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि जिल्ला कमिटीमार्फत प्रदेश कमिटीमा नाम सिफारिस गरिएको नेकपा समाजवादी झापाका सदस्य तथा प्रचार विभाग प्रमुख तीर्थ सिग्देल जानकारी दिए ।
गठबन्धन दलहरुमा जुन स्थानमा तालमेल हुन्छ त्यही अनुसार गर्ने र बाँकी स्थानमा आफ्नै उम्मेद्वार उठाउने गरी सबै पालिकाहरुका लागि उम्मेद्वार सिफारिस गरिएको सिग्देलले जानकारी दिए ।
नेकपा समाजवादी झापाबाट सिफारिस भएका उम्मेद्वारहरु निम्नानुसार रहेका छन् ।

१) मेचीनगर नगरपालिका
प्रमुखः शारदा शर्मा, अर्जुन पौडेल र लक्ष्मी थिङ
उपप्रमुखः बीपी भट्टराई, शंकर थापा र विमला देवकोटा
२) गौरादह नगरपालिका
प्रमुखः खगेन्द्र दाहाल र नारायण राजवंशी
उपप्रमखः लक्ष्मीदेवी चौधरी
३) अर्जुनधारा नगरपालिका
प्रमुखः भास्कर काफ्ले र प्रत्युस राना
उपप्रमुखः रमा खवास, प्रेमसागर सापकोटा र अम्बिका खतिवडा
४) बिर्तामोड नगरपालिका
प्रमुखः चन्द्रकला घिमिरे र चेतानन्द निरौला
उपप्रमुखः तीर्थ सिग्देल र श्रीप्रसाद सिटौला
५) कनकाई नगरपालिका
प्रमुखः नारायणसिंह राजवंशी
उपप्रमुखः अम्बिका उप्रेती
६) भद्रपुर नगरपालिका
प्रमुखः पुष्प पोखरेल र दुर्गा भट्टराई
उपप्रमुखः पदम लिम्बू, टीका रेग्मी र कुज्जा रुचाल
७) शिबसतासी नगरपालिका
प्रमुखः नवीन इजम
उप प्रमुखः यसोदा भट्टराई
८) दमक नगरपालिका
प्रमुखः इन्द्र बुढाथोकी र भरतबाबु कार्की
उपप्रमुखः रामकुमारी तामाङ, हमला प्रसाईं र लक्ष्मी चौधरी

९) बुद्धशान्ति गाउँपालिका
अध्यक्षः दुर्गा आचार्य र पुष्प खतिवडा
उपाध्यक्षः प्रदीप धिमाल

१०) कमल गाउँपालिका
अध्यक्षः हरिमाया मैनाली र खगेन्द्र बाराकोटी
उपाध्यक्षः होमबहादुर बराल, चन्द्रकला भण्डारी र राम भण्डारी
११) कचनकवल गाउँपालिका
अध्यक्षः खेपचरण यादब
उपाध्यक्षः मेहरमान राजवंशी
१२) बाह्रदशी गाउँपालिका
अध्यक्षः लक्ष्मी पकुवाल र सीताराम बस्नेत
उपाध्यक्षः सुष्मा मुर्मु
१३) गौरीगञ्ज गाउँपालिका
अध्यक्षः हिराकाजी गिरी
१४) झापा गाउँपालिका
अध्यक्षः रामबहादुर खड्का
उपाध्यक्षः इश्वरी दाहाल
१५) हल्दिबारी गाउँपालिका
अध्यक्षः टीका पौडेल

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्