झापा , बैशाख ८ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बिएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाई पछिल्लो समय हरेक दिन समाजसेवामा जुटिरहेका छन् ।

प्रसाईले अहिले आर्थिक अवस्था कमजोर भएर उपचार नपाएका गरिब दुखीलाई सहयोग गर्ने अभियान नै चलाएका छन् । यसअघि पनि स्वास्थ्य क्षेत्रमा पनि ठुलो योगदान पुर्याउदै आइरहेका प्रसाईले बिहिबार पनि झापा हल्दिबारी गाउँपालिकाकै दुई व्यक्तिको उद्धार गरेका छन् । हल्दिबारी गाउँपालिका २ का ५७ बर्षिय चुडामणि भुजेल लामो समयदेखि आर्थिक अभावमा उपचार नपाएर घरमै बसिरहेका थिए ।

चुडामणि लामो समयदेखि कम्मरको समस्याबाट पीडित छन् । बिहिबार प्रसाईले उनलाई उद्धार गरी निःशुल्क उपचारको लागि अस्पताल पुर्याएका छन् ।

यस्तै प्रसाईले बिहिबार नै अर्का हल्दीबारी गाउँपालिका २ का ३२ बर्षिय सबिरल राजवंशीलाई पनि उद्धार गरेका छन् । उनी नशासम्बन्धी समस्याबाट पीडित थिए । उनलाई पनि प्रसाईले उपचार गरेर घर पठाएका छन् ।

निरन्तर हल्दिबारी गाउँपालिकाका जनतालाई सहयोग गर्दै आएका प्रसाईले केही दिनअघि हल्दिबारी गाउँपालिकामा लामो समयदेखि उपचारको अभावमा साङ्लोले बाँधिएका एक युवकको उद्धार गरेका थिए । त्यति मात्र होइन प्रसाईले विभिन्न गाउँपालिकामा निशुल्क स्वास्थ्य बिमा कार्यक्रम पनि चलाइरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्