झापा , बैशाख ९ । ठूलो रकमको हारमार हुने गरी बाजी लगाएर सट्टाबाजी खेल्ने र खेलाउने गरेको आरोपमा दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-६ का ४२ वर्षीय सचिनकुमार साह र विराटनगर-९ का ४४ वर्षीय भूपेन्द्रकुमार साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार भारतमा भइरहेको इण्डियन प्रिमियर लिग ( आइपिएल ) क्रिकेटमा बाजी लगाएर सट्टाबाजी खेल्ने र खेलाउने गरेको पाइएपछि दुवै जनालाई पक्राउ गरिएको हो । प्रहरीले पक्राउ परेकाहरुको साथबाट २८ हजार तीन सय २५ रूपैयाँ नगद, दुईवटा मोबाइल, सिद्धार्थ र लक्ष्मी बैंकको चेक बरामद गरेको छ । डीएसपी श्रेष्ठले पक्राउ परेकाविरुद्ध जिल्ला अदालत मोरङबाट बिहीबार म्याद थप गरेर सट्टाबाजी मुद्दामा अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्