झापा , बैशाख १० । झापाको कचनकवल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी गठबन्धन बनेको छ ।

गाउँपालिकाको अध्यक्ष कांग्रेसलाई र उपाध्यक्ष एमालेलाई दिनेगरी गठबन्धन बनेको हो । अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उठ्ने भएका छन् । गाउँपालिकाका ७ वटा वडामा वडा अध्यक्ष र सदस्य मिलाउने प्रयास भइरहेको अध्यक्षका उम्मेदवार राजवंशीले बताए ।

कचनकवलमा कांग्रेस र एमालेबीच चुनावी गठबनधन बनेको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले पनि पुष्टि गरे । उनले वडा अध्यक्ष र सदस्यहरुको भागबन्डाको विषयमा छलफल चलिरहेको जानकारी दिए । कचनकवलमा राप्रपाको वर्चस्व तोड्न कांग्रेस र एमालेले गठबन्धन गरेका हुन् । राप्रपाका तर्फबाट बहालबाला अध्यक्ष अन्जार आलम र उपाध्यक्ष निमसरी राजवंशी उठ्ने भएका छन् ।

3 वटा प्रतिक्रिया

  1. I am from jhapa district karchan kawal rural municipality 1…
    Yaspali ko election ma Naya rupma uthne member kalendra Rajbanshi Ra nawaraj bhattarai laii bijayi banayra karyakal sumpina euta thulo sapana xa Ra haal hamro need pani tei xa …jasma sampurna kachan kawal basi harule hate male garera sath din Hun anurodh xa…
    And finally congrats on….👍👍💞kalendra Rajbanshi Sur and nawaraj bhattarai sir

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्