झापा , बैशाख १० । झापाका १५ वटै पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो नेकपा एमालेले लगाएको छ ।
जसअनुसार बिर्तामोड नगरपालिकाको मेयरमा पवित्रा महतारा प्रसाई र उपमेयरमा नगेन्द्रप्रसाद संग्रौला , भद्रपुरमा मेयरमा असारु राजवंशी र उपमेयरमा कौशिला अधिकारी , गौरादहमा मेयरमा छत्रपति सुवेदी र उपमेयरमा जलवर्षा राजवंशी चौधरी, कनकाईमा मेयरमा राजेन्द्रकुमार पोखरेल र उपमेयरमा मन्जु प्रसाई , गौरीगञ्जमा अध्यक्षमा विजय अग्रवाल र उपाध्यक्षमा पुजन न्यौपाने कुँवर , अर्जुनधारामा मेयरमा बलदेव गोम्देन र उपमेयरमा खड्गमाया पराजुली ,शिवसताक्षी नगरपालिकामा मेयरमा रोशन थोप्रा र उपमेयरमा नरमाया कार्की, कमलमा अध्यक्ष भीम राई र उपाध्यक्षमा उषा भण्डारी सिटौला ,बाह्रदशीमा अध्यक्ष देविन्द्रप्रसाद चौलागाई र उपाध्यक्षमा शान्ता खरेल , झापा गाउँपालिकामा अध्यक्ष गौरीशंकर राजवंशी र उपाध्यक्षमा देवीमाया कोइराला , बुद्धशान्तिमा अध्यक्ष मीरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेल , हल्दिबारीमा अध्यक्ष डम्बरबहादुर गिरी र उपाध्यक्षमा शान्ता गौतम, ,दमकमा मेयर गीता अधिकारी र उपमेयर अम्बिका खनाललाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ ।
त्यस्तै मेचीनगरमा प्रमुख र उपप्रमुखमा कसलाई उम्मेदवार बनाउने भनेर छलफल चलिरहेको बताइएपनि मेयरमा मीना उप्रेतीलाई दिन निर्णय भएको जनाइएको छ । कचनकवलमा भने कांग्रेससंग गठबन्धन गर्ने गरी उपाध्यक्षमा नवराज भट्टराईलाई उठाउने निर्णय भएको छ ।