इलाम, बैशाख ११ । नेकपा एमाले इलामको पार्टी कार्यालयमा उम्मेदवारी छनौटमा असन्तुष्टि जनाउँदै कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।

हिजो साँझ इलाम नगरपालिकामा मेयरमा एमाले नेता नरेन्द्रनाथ भट्टराईको नाम टुंगिएको भनेर सार्वजनिक भएसंगै असन्तुष्ट पार्टीका युवा कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
मेयरमा सिफारिस भएका ब्यक्तिको बिषयमा छलफल नगरी भट्टराईलाई मेयरमा सिफारिस गरिएको भन्दै नेकपा एमाले नगर कमिटी अध्यक्ष तिलक ठकुरीसहित २२ जनाले सामूहिक राजीनामा दिएका छन् । एमालेबाट इलाम नगरपालिकाको मेयरका लागि भट्टराईसंगै धिरेन चेम्जोङ, कृष्ण श्रेष्ठलगायतको नाम सिफारिस भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्