झापा , बैशाख ११ । काठमाडौँ बुढानिलकण्ठ २ बस्ने ३९वर्षिय मोहनबहादुर पाईजा मगर ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

हिजो बिहान १०.१५ बजे मेचीनगर ६ स्थित लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मगरलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट २८ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो ।

उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्