फिदिम, बैशाख ११ । नेपाली काँग्रेस पाँचथरको पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।

टिकट बाँडफाटको बिषयमा असन्तुष्ट बनेका काँग्रेस कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन् । मनोनयन पत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारको टुंगो नगरेको भन्दै आक्रोशित कार्यकर्ताले तालाबन्दी गरेको जनाइएको छ ।

‘पार्टी नेतृत्वले कार्यकर्ताको भावनाबिपरित काम गरिरहेको छ,’ नेपाली काँग्रेस प्रदेशसभा ‘क’ का क्षेत्रीय सचिव सुन्दर आचार्यले भने ‘नेताको कदम नसच्चिए पार्टी दुर्घटनामा पर्ने देखिन्छ ।’विवाद चर्कदै गएपछि अहिलेसम्म काँग्रेसले पाँचथरका कुनै पनि स्थानीय तहका लागि उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्